काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।
खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो । सोमबार प्रश्न सोध्दा सोध्दै ‘आजलाई भयो’ भन्दै पूर्वगृहमन्त्री खाँण उठेका थिए । ‘५/६ वटा प्रश्न सोध्ने वित्तिकै अब भयो.. भयो भन्दै उहाँ उठ्नुभयो’, सरकारी वकिलको कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रश्न सोध्दा उहाँले एकदमै झिजो मान्नुभयो, पछि स्वास्थ्य पनि समस्या भनेर उहाँलाई पठाइयो ।’
सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको थियो । तर, उनले बोल्न नमानेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो । जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्यादभएलगत्तै उनलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।
‘आफ्नो त केही छैन, बयान पनि ५ मिनेटमै सकिन्छ’ भन्दै उनी बयान दिने कक्षतिर छिरेका थिए । तर, राति ७ बजेसम्म उनको बयान लिइएको थियो । ‘निर्धारित प्रश्नहरु हुन्छन्, त्यो सक्न समय लागि हाल्छ’, सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ।
अधिकारीहरुका अनुसार अहिले बयान दिन उपस्थित भएका पूर्वगृहमन्त्री खाँण चाहिँ अलमलिएका जस्तो देखिन्छन् । ‘कतिपय प्राविधिक विषयका प्रश्नहरु छन्, केही पत्राचारकाकुरा, केही निर्णयका कुराहरु मन्त्रीलाई थाहा हुने विषय पनि भएन’, ती अधिकारी भन्छन्, ‘त्यसैले उनी केही विषयमा अलमलिएका छन् ।’
अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ ।
बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend