Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क


    मंगलबार, जेष्ठ २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। छिमेकी राष्ट्र भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ ।

    केही समय अघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत भ्रमणमा जाँदा नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता भएको भन्दै घटाउन आग्रह गरेकी थिइन् ।

    लामो गृहकार्यपछि भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन् ।

    अहिले नेपालीहरु रोमिङ सुविधा लिएर भारत जाँदा नेपाल टेलिकमको सिममार्फत भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

    नयाँ शुल्क केही दिनपछि लागु हुनेछ । यसबाट छोटो समयका लागि भारत जाने नेपालीहरुलाई सुविधा हुने अपेक्षा गरिएको केसीको भनाइ छ ।

    हाल औषधि उपचार, व्यापारलगायत छोटो भ्रमणमा गएका नेपालीले भारतीय सिम नपाउने र नेपाली सिममा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार