Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • कुरा काटेको भन्दै छिमेकीमाथि निर्घात कुटपिट


    सोमबार, जेष्ठ १ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा। कुरा काटेको भन्दै मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् ।

    थाहा नगरपालिका- १२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले छोटो लुगा लगाएर हिँडेको विषयमा ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।

    छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार