Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • वीर अस्पतालको अनलाइन सिष्टम डाउन हुँदा ओपीडी काउण्टर अस्तव्यस्त


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं।काठमाडौंको वीर अस्पतालको अनलाइन सिष्टममा समस्या आएको छ। उक्त सिष्टममा समस्यापछि ओपीडी टिकट काउण्टर अस्तव्यस्त बनेको छ । आधा घण्टाअघि सिष्टमले काम नगरेपछि अनलाइनमार्फत् हुने काम रोकिएका छन् ।

    विद्युत् सेवा काटिएको र जेनेरेटरले तत्काल काम नगरेपछि समस्या आएको अस्पतालका प्रशासन प्रमुख सागर मिश्रले जानकारी दिए ।

    “लाइन गयो, जेनेरेटरले काम नगरेपछि कम्प्युटरमार्फत् काम हुन सकिरहेको छैन । यो ठूलो समस्या होइन, हामी छिट्टै बनाइहाल्छौँ,” मिश्रले भने ।

    अनलाइन माध्यमबाट काम नभएपछि ओपीडीमा आउने बिरामीलाई कार्डमा विवरण नराखी सम्बन्धित ओपीडीको छाप लगाउँदै पठाउँदै गरिएको छ । वीरमा यसअघि गतवर्ष जेठमा पनि सर्भर डाउन हुँदा दुई दिनसम्म सेवा प्रभावित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार