Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • ६ करोड रुपैयाँ बढीको तीन ट्रक जुत्ता प्रहरीको नियन्त्रणमा


    आइतबार, बैशाख ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। करिब साढे ६ करोड रुपैयाँ मूल्य बराबरको जुत्तासिहत तीनवटा ट्रकप्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुक्रवार मकवानपुरको हेटौडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ बराबरको एडिडास सुपस्टार जुत्तासहित तीन ट्रक सशस्त्र प्रहरीको नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

    बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चार लाख ८८ हजार १७३ रुपैयाँ ६३ पैसा अमेरिकी डलर मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ता नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    नियन्त्रणमा लिइएको जुत्तासहितका तीनै ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार