Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धौलागिरि हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्याइयो


    शनिबार, बैशाख ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धौलागिरि हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्याइएको छ । गत वर्षको आश्विन २० गते धौलागिरि हिमालमा भएको भारी हिमपातमा परेर हराइरहेका माउन्टेन गाइड रामबहादुर तामाङको शव शनिबार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

    तामाङ धौलागिरि हिमाल आरोहणको लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए । नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरू सम्मिलित टोलीले हिजो र आज खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको उनको शवलाई बेसक्याम्पसम्म ल्याइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार