Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मोरङमा सडकको काम रोक्न माग गर्दै हाइटेन्सनको पोलमा युवक चढेपछि…


    शनिबार, बैशाख ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइटेन्सन लाइनको पोलमा ४ घण्टादेखि चढेर बसिरहेका छन्। उनी आज बिहान ६ बजे चढेको स्थानीयले बताएका छन्।

    मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन्।

    उनले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्।

    ‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन्।

    ‘ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ। तर, युवाले मानिरहेको छैन।’ अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनवाइ हुने वातवरण बनाए मात्र उत्रिने बताउँदै आएको उनले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार