काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको दाबी गरेको छ । पार्टीको केन्द्रीय कमिटीको पहिलो दिनको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् ।
उनले टोपबहादुर सम्पर्कविहीन भएकै कारणले पार्टीले निलम्बन गरेको बताए । अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिइसकेको भएपनि अहिलेसम्म कुनै सम्पर्कमा नआएको उनको दाबी छ ।
उनले भने, ‘उहाँ जुन दिनदेखि सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई थाहा छैन । प्रहरीलाई थाहा भएको भए समातेर ल्याउँथ्यो होला । अस्ति सचिवालयको बैठकले नै विधि र कानूनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेको थियो । अपराधी नै भएको होइन नि अहिले त अभियोगमात्रै लागेको हो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend