Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्नेबारे छलफल


    बुधबार, बैशाख २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकमा सो छलफल भएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाँणको पक्राउपछिको पार्टीको रणनीतिबारे ब्रिफिङ गरे ।

    आजको बैठकले खाँणबारे कुनै निर्णय भने नलिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बस्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार