काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत अहिलेसम्म बैठक बोलाएको छैन।
राष्ट्रपति निर्वाचनपछि मात्र बस्ने भन्दै यसअघि बोलाइएको बैठक पनि कांग्रेसले सारेको थियो। राष्ट्रपति निर्वाचन सम्पन्न भएर चुनावपछि भत्केको गठबन्धन फेरि पुरानो ठाउँमा आएको छ। तर कांग्रेस केन्द्रीय समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन। विधानतः हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ। तर बैठक बोलाउन सभापति देउवाले मात्र होइन, कांग्रेसका अन्य नेताहरूले पनि खासै रुचि देखाएका छैनन्। केही आवश्यक निर्णय लिनुपरे कार्यसम्पादन समितिमार्फत गर्ने गरिएको छ। कार्यसम्पादन समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानमा छ।
त्यति मात्र होइन, महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानले गरेको छ। तर कांग्रेसले अहिलेसम्म पार्टीको केन्द्रीय कोषाध्यक्षसमेत मनोनीत गर्न सकेको छैन भने केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन। विभागहरूको अवस्था अहिले पनि लथालिंग छ। उपसभापति नेतृत्वमा प्रशिक्षण र प्रतिष्ठान विभागका साथै प्रचार विभागबाहेक अन्य गठन हुन सकेको छैन। पार्टीका भ्रातृ संगठनहरूको अवस्था उस्तै रहेको छ । आजको नागरिक दैनिकबाट
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend