Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बैठकमा आजबाट केन्द्रीय सदस्यले धारणा राख्ने


    बुधबार, साउन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

    हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ(आफ्नो धारणा राख्ने बताइएको । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ ।

    हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । मङ्गलवार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।

    त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्य योजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार