Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रियल म्याड्रिडको मैदानमा म्यान सिटीको बराबरी


    बुधबार, बैशाख २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच मङ्गलवार राती भएको सेमिफाइनल पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको छ। रियल म्याड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन।

    ३६ औँ मिनेटमा भिनिसियस जुनियरले डीबक्स बाहिरबाट गरेको प्रहार गोल भएको थियो। तर म्यान सिटीका केभिन डे ब्रुनाले पनि ६७ औँ मिनेटमा लगभग त्यही दुरीबाट गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।

    आगामी बुधवार हुने दोस्रो लेगमा जित हात पार्ने टोली फाइनल पुग्ने छ। रियल म्याड्रिड सर्वाधिक १४ पटकको विजेता हो। म्यान सिटीले भने हालसम्म यो प्रतियोगिता जित्न सकेको छैन।

    उसले पछिल्ला २१ खेलयता हार बेहोरेको छैन जसमध्ये १७ खेल जितेको छ। च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बुधवार राती इन्टर मिलान र एसी मिलान भिड्ने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार