Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी


    सोमबार, बैशाख २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठक आज सिंहदरबारमा बसिरहेको हो ।

    बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ ।

    प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली उपस्थित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार