Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • सुनुवाइ समितिमा ३ दिनभित्र सांसदको नाम दिन दलहरुलाई सभामुखको निर्देशन


    आइतबार, बैशाख २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त समिति गठनका लागि तीन दिनभित्र नाम दिन राजनीतिक दलहरुलाई निर्देशन दिएका छन्।

    संघीय संसदमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गरी दुईवटा संयुक्त समिति छन् ।

    आज कार्यव्यवस्था परामर्श समितिमा सभामुख घिमिरेले भने, ‘संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ । समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऔं ।’

    गत ४ मंसिरको चुनावपछिको प्रतिनिधिसभाको पहिलो अधिवेशनले संसदीय विषयगत समिति गठन गरे पनि संयुक्त समिति भने गठन गर्न सकेको थिएन । दोस्रो अधिवेशन सुरु हुनु अगावै सभामुख घिमिरेले संयुक्त समिति गठनका लागि संसदमा रहेका दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

    संघीय संसदको वर्षे अधिवेशन आइतबार सुरु हुँदैछ । त्यस अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त समिति गठनका दलीय आधारमा सांसदहरुको नाम पठाउन दलहरुलाई तीन दिनको समय दिएका उनको सचिवालयले जनाएको छ ।

    सभामुखको निर्देशनपछि अब राजनीतिक दलहरुले दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउनुपर्ने हुन्छ । सभामुखको सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति पूर्ण नहुँदा प्रधानन्यायाधीश, न्यायाधीश नियुक्ति लगायतका काममा असर पर्ने भएकाले सभामुखले दलहरुलाई निर्देशन दिएका हुन् ।

    राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरुको नाम पठाइसकेको छ । प्रतिनिधिसभाले भने पठाएको छैन । दुवै संयुक्त समितिमा १५÷१५ सदस्य हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार