काठमाडौं । तराईका जिल्लाका प्रहरी प्रमुखहरुले सादा पोशाकमा प्रहरी खटाउने र ती प्रहरी अपराध नियन्त्रणमा भन्दा अतिरिक्त कमाइतिर केन्द्रित हुने गरेको बिषय बारम्बार आउने गरेको छ । दरबन्दी अर्कै प्रदेशमा भएका त्यस्ता प्रहरीहरुमध्ये कतिपय त जागिरमा प्रवेश गरेदेखि नै सादा पोशाकमा परिचालित हुँदैआएका छन् ।
जिल्लाका प्रमुखले सादा पोशाकमा घुमुवाका रुपमा खटाइएका र लामो समयदेखि कार्यरत भएकाले तस्कर, नदी दोहन गर्ने क्रसर ब्यवसायीहरु र अपराधीले उनीहरुलाई मिलाएर आफ्नो अवैध कारोबार निर्बाध गर्दैआएका छन् । मधेशमा समूह समूहको क्रियाकलाप बढ्नुमा लामो समयदेखि कार्यरत घुमुवाहरुमार्फत् नै सशस्त्र समूहले सूचना लिने र चन्दा आतंक, हत्या, हिंसाका घटना घटाउँदैआएको पुष्टि भएपछि ठूलो संख्यामा सरुवा भएका थिए । मधेशमा सशस्त्र समूहको गतिबिधि बढेपछि तत्कालीन गृहमन्त्री भीमबहादुर रावल, तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्याल, डीआईजी विज्ञानराज शर्माहरुले सादा पोशाकमा खटिएका घुमुवा सरुवा गरेका थिए ।
जागिरे जीवनमा बारा र पर्सामा मात्र कार्यरत बरिष्ठ सई सागर राणा पनि त्यस क्षेत्रको तस्करीको नेटवर्क संचालन गर्ने मुख्य नाइके नै मानिन्छन् । उनी जागिर खाएदेखि नै प्रायः बारा र पर्सामा मात्र कार्यरत छन् । हाल उनी जिल्ला प्रशासन कार्यालय बाराका छायाँ एसपीका रुपमा चिनिन्छन् । चेक बाउन्सदेखि विभिन्न उजुरीको डिल उनैले गर्दछन् । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले तराईका घुमुवा र लामो समयदेखि कार्यरत रैथानेहरुको सरुवा गरे पनि सागर राणालाई भने अहिलेसम्म चलाइएको छैन । पर्साका एसपी भन्दा पनि शक्तिशाली अर्का बरिष्ठ सई विनोद सिंहलाई पनि चलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले घुमुवा कमाण्डरका रुपमा राखेका सई बब्लु ठाकुरलाई बारम्बार समाचार आएपछि एक महिनाअघि दरबन्दी रहेको उदयपुर जिल्लामै फर्काउन बाध्य भएका थिए । आइजीपी कुँवरले तत्काल दरबन्दीमा रमाना गर्न निर्देशन दिएपछि उनलाई एसपी खड्काले फर्काएका हुन् । उदयपुर दरबन्दीमा फर्किए पनि ठाकुरले त्यहाँका एसपी ज्ञानेन्द्र फुयाँललाई कोसेलीपात बुझाएर खुसी पारी एक दिन हाजिर भएर ६ दिन धनुषामै चलखेलमा बिताउने गरेका छन् । उदयपुरका एसपी फुयाँल पहिला धनुषाको ढल्केबरस्थित दंगागणमा बस्दाखेरी नै ठाकुरको सम्बन्ध रहेको थियो । त्यही सम्बन्धका आधारमा बब्लुले ६ दिन धनुषामा बस्ने छुट पाएको स्रोत बताउँछ । उनले धनुषामा कार्यरत हुँदा जुन सेटिङ गर्थे, उदयपुरमा हाजिर भएपछि पनि गर्दैआएका छन् । उनलाई एसपी विश्वराज खड्काको संरक्षण छ ।
उदयपुर जिल्ला कोशी प्रदेशमा पर्दछ भने धनुषा मधेशमा । तर दूरी भने उदयपुर र धनुषाको मदन भण्डारी राजमार्गका कारण छोटो भएको छ । कोशी प्रदेशका डीआईजीमा राजेश बाँस्तोलाले भर्खरै जिम्मेवारी पाएका छन् । प्रहरी स्रोत भन्छ–बाँस्तोलाले कोशीमा कार्यरत जुनियर प्रहरी अधिकृत ठाकुर एक दिनमात्र हाजिर हुने र धनुषामा चलखेल गरिरहेकोबारेमा सोधीखोजी गर्नुपर्छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend