विराटनगर । मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा बुधबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।
भ्यानका चालक मोरङकै पथरीशनिश्चरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारै राति ९ बजेतिर मृत्यु भएको मोरङका ट्राफिक प्रमुख एवं प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको १–०२–००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको हो । भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend