सल्यान। विकास निर्माणको नाममा राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडक आज बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तोरन्नतिको काममा अवरोध सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर दैनिक १० घण्टा सडक बन्द गरेको हो ।
बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुनेछ ।
तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।
राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडकको स्तरोन्नति गर्ने अवधि यहि असारसम्म मात्र रहेको र गाडी नियमित चल्दा कामले गति लिन नसकेकै कारण सडक १० घण्टा बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरूप्रसाद अधिकारीले बताए ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend