काठमाडौँ। एसिसी प्रिमियर कपमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई एसिया कपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेको छ।
उनले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाए । यस्तै, यूएईका विकेटपिकर वृत्य अरविन्द प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए ।
उनले प्रतियोगितामा ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाए । यस्तै, ओमानका तीव्र गतिका बलर बिलाल खान उत्कृष्ट बलर घोषित भए । उनले ६ खेलमा १७ विकेट लिए ।
नेपालले आज भएको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै आगामी सेप्टेम्बरमा हुने एसिया कपमा आफ्नो स्थान बनाएको छ। पाकिस्तानमा हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान रहेका छन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend