काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै एसीसी मेन्स प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ। उपाधि जित्दै यस वर्ष हुने एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनोट भएको छ ।
आज कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनोट भएको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक प्रहार गरेका छन् ।
वर्षाले प्रभावित भएपछि दुई दिन लगाएर खेल भएको हो । अघिल्लो दिन यूएईले ९ विकेट गुमाएर १०६ रन जोड्दा वर्षाले खेल अवरुद्ध भएको थियो ।
यसैगरी एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने गरी तय भएको छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend