Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स


    आइतबार, बैशाख १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका- १६ बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया नर्स अनुमा श्रेष्ठ मृत अवस्थामा भेटिएकी हुन् ।

    वीर अस्पतालमा कार्यरत अनुमा श्रेष्ठ डा. ढकालको घरमा मृत भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

    घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एक डायरी पनि भेटिएको जनाएको छ ।

    डायरीमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय लेखेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

    उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केटा पक्षले अहिले विवाह गर्न नमान्दा सुसाइड नोट छाडेर श्रेष्ठले आत्महत्या गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार