Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एसीसी प्रिमियर कप: नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य


    शनिबार, बैशाख १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतविरुद्ध २८१ रनको लक्ष्य पाएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१/३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्‍यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए ।

    कुवेतले पाउने लक्ष्य डीएल मेथडबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो ।

    अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ।

    प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार