Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रोहित पौडेल र कुशल मल्लको अर्धशतक


    शनिबार, बैशाख १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालका दुई ब्याटर रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।

    आज कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको खेलमा पौडेलले ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । कुशल मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

    वर्षा र खराब मौसमका कारण केही समय रोकिएको खेल पुनः सुरु भएपछि उनीहरुले अर्धशतक प्रहार गरेका हुन् ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८ ओभरसम्म १८३ रन बनाएको छ । मल्ल ४४ बलमा ५७ रन जोडेपछि आउट भए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार