Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु


    शनिबार, बैशाख १६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार घरभित्रदेखि बाहिर आँगनतर्फ निस्कने क्रममा अचानक परेको चट्याङ लागेर कडरियाको घटनास्थलमै मृत्यु भएको हो । सो घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

    तीन दिनअघि मात्र अर्थात् गएको बुधबार राति परेको चट्याङले मैवाखोला गाउँपालिका –४ ताम्राङ चित्रेटोलमा एक १० वर्षीय बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार