Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सर्लाहीमा ग्यास लिक भएर आगलागी, एकै परिवारका ३ जना घाइते


    शुक्रबार, बैशाख १५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही। सदरमुकाम मलंगवामा आज शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका एक नाबालगसहित अन्य दुई जना घाइते भएका छन् ।

    मलंगवा नगरपालिका–१० मा कोठा भाडामा लिई बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । कोठामा आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएका छन् ।

    आगलागीको घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको चिकित्सकले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार