Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित


    बुधबार, बैशाख १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु भएको हो ।

    सोही अवधिमा ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार