काठमाडौं। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । अघिल्लो दिन मंगलबार १७.३६ अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ ।
यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो ।
सबभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरी तारागाँउ रेजेन्सी होटलको ३ करोड ९० लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।
यसैगरी बुधबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था ३.२५ प्रतिशत, कुमारी इक्विटी फण्ड २.५१ प्रतिशत, एनआइसि एशिया सेलेक्ट फण्ड २.३० प्रतिशत, उपकार लघुवित्त वित्तिय संस्थाको २.२७ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको २.१८ प्रतिशतले मूल्य घटेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend