काठमाडौँ– एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज बुधबार भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धशतक प्रहार गरे ।
ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन ।
त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे ।
त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे ।
उक्त खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend