Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नक्कली नोटसहित धनुषाबाट एक महिला पक्राउ


    मंगलबार, बैशाख १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। धनुषा प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

    ७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    उनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ ।

    जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुको झोला हेर्दा नक्कली नोट बरामद गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार