Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै


    मंगलबार, बैशाख १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मंगलबार तीन खेल हुँदैछ। एउटा खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशाला हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

    सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ११ खेलबाट १५ अंक जोडेको मनाङ आठौँ स्थानमा छ भने समान खेल खेलेको पुलिस ६ अंकसहित अन्तिम स्थानमा छ।

    यही समयमा दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र न्यूरोड टिम एनआरटी भिड्दैछन् । ११ खेलबाट ११ खंक जोडेको फ्रेण्ड्स १२औँ स्थानमा छ भने समान खेलबाट १३ अंक जोडेको एनआरटी १०औँ स्थानमा छ।

    दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने आजको तेस्रो खेलमा त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। आर्मी ११ खेलबाट १६ अंक जोडेर छैटौँ स्थानमा हुँदा समान खेल खेलेको चर्चब्वाईज १८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार