Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हट्यो नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको कानुनी झन्झट


    सोमबार, बैशाख ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपालमा उत्पादन भएका सवारी साधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिनुभएको छ ।

    नेपालमा उत्पादन भएका सवारी साधनहरुको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात ब्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुनेभएको छ । सोमबार मन्त्री ज्वालाले मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको छ । ‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’ मन्त्री ज्वालाले भनुभयो ‘स्वदेशमै उत्पादन भएका सवारी साधनलाई हामी प्रोत्सान गर्छाै, तर त्यसको सुरक्षा, सुलभ मुल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।’ यात्रीलगायतले नेपालमा विधुतिय मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।

    नेपालमा उत्पादन भएका सवारी साधनको टेष्ट पनि भइसकेको छ । तर प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । प्रज्ञापन पत्रको सट्टा कर बिजेक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ ।

    यातायात ब्यवस्थाको कार्यविधीमा नेपालमा पनि सवारी साधनहरु उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार