काठमाडौं। नेपालमा उत्पादन भएका सवारी साधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिनुभएको छ ।
नेपालमा उत्पादन भएका सवारी साधनहरुको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात ब्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुनेभएको छ । सोमबार मन्त्री ज्वालाले मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको छ । ‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’ मन्त्री ज्वालाले भनुभयो ‘स्वदेशमै उत्पादन भएका सवारी साधनलाई हामी प्रोत्सान गर्छाै, तर त्यसको सुरक्षा, सुलभ मुल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।’ यात्रीलगायतले नेपालमा विधुतिय मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।
नेपालमा उत्पादन भएका सवारी साधनको टेष्ट पनि भइसकेको छ । तर प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । प्रज्ञापन पत्रको सट्टा कर बिजेक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ ।
यातायात ब्यवस्थाको कार्यविधीमा नेपालमा पनि सवारी साधनहरु उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend