Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • वर्षाका कारण नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा प्रवेश


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिसी प्रिमियर कपअन्तर्गत आजका लागि तय भएको नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ।

    मुलपानी मैदान बिहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२:३० बजेसम्न पनि टस हुन सकेन।

    खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए’ मा एक एक अंक बाँडेका छन्। एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ।

    समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ। चार अंक जोडेर दोस्रो स्थानमा रहेको ओमान र तीन अंक जोडेर तेस्रो स्थानमा रहेको साउदीसँग दुई अंक जोडेको मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ। ओमान र साउदीबीचको खेल बाँकी रहेको कारण नेपाल सेमिफाइनलमा पुगेको हो।

    नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार