Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भरुवा बन्दुक बोकेर शिकार खेल्न जंगल जाँदा साथीको मृत्यु


    सोमबार, बैशाख ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट। आफ्नै साथीले बोकेको भरुवा बन्दुक बोकेर शिकार खेल्न जंगल जाँदा उक्त बन्दुक पड्किदा नुवाकोटमा एक युवककको मृत्यु भएको छ । नुवाकोटको किम्ताङ जंगलमा आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

    म्यागङ गाउंपालिका–४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार किम्ताङको जंगलमा शिकार खेल्न गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको हो ।

    यस घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार