काठमाडौं । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ का सत्तागठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
प्रचारप्रसारको निषेध अवधिमा भ्वाइस मेसेजमार्फत भोट मागेको सूचना आएको भन्दै समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
“मिति २०८० वैशाख १० गते हुन गईरहेको तनहुँ निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार तपाईले मिति २०६०/०१/०७ गते राति १२.०० बजेपछि प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी ९९८०२९८८०२ नं. को मोबाइलको भ्वाइस मेसेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनि २४ (चौबिस घण्टा भित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट मिति २०८०/०१/१० मा निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफै वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टिकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ,” उनलाई सोधेको पत्रमा उल्लेख छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend