Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • त्रिवि क्षेत्रबाट चितुवा नियन्त्रणमा


    आइतबार, बैशाख १० २०८०
    1.5K
    Shares
    kf;f] km;]F lrt'jf sLlt{k'/, !) j}zfv M lqe'jg ljZjljBfno kl/;/df Ps dlxgfcl3 b]lvPsf] lrt'jfnfO{ lgoGq0f ug{ yflkPsf] kf;f]df cfh cfOtaf/ km;]F . tl:a/ M ¿k]z cfrfo{÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आज बिहान नियन्त्रणमा लिइएको छ ।

    विश्वविद्यालयको बाटो हुँदै साँझ-बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको स्रोतले बताएको छ।

    महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको थियो। करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।

    त्रिवि केन्द्रीय क्याम्पसका प्रार्चाय ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो ।

    तत्कालीन समयमा सो चितुवा पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो। केही समयअघि फेरि पासो थापिएको उनले बताए ।

    पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहवरमा बुझाइने स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार