Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचन: चितवनको नयाँकिरण कमलकुसुम केन्द्र केहीबेर तनावग्रस्त


    आइतबार, बैशाख १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा केहीबेर मतदान प्रभावित भएको छ ।

    मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।

    तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो । त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको हाम्रा प्रतिनिधि गणेश दुलालले जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार