Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- बैंकको ब्याजदर विस्तारै घट्दै छ, विदेशी मुद्राको सञ्चिति बढ्दै छ


    शनिबार, बैशाख ९ २०८०
    1.2K
    Shares
    तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा बुधबार आयोजित सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त/रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै क्षेत्रको सामूहिक प्रयासले बैंकको ब्याजदर घट्न थालेको जनाएका छन्।

    उनले विभिन्न निकायसँग लगातार अन्तरक्रिया गर्दा ब्याजदर घटाउनमात्र नभएर राजश्व संकलन बढाउने दिशामा गएको बताए ।

    प्रधानमन्त्रीले विदेशी मुद्राको सञ्चिति पनि बढ्दै गएको बताए ।

    “सामूहिक प्रयासले बैंकको ब्याजदर घट्न थालेको छ । राजस्व संकलन विस्तारै बढ्न थालेको छ,” उनले भने, “विदेशी मुद्राको सञ्चिति सन्तोषजनक ढंगले अघि बढ्दै गएको छ । शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या विस्तारै समाधान हुँदै गएको छ ।”

     

    ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार