Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वर्णिम वाग्लेका बुवाको गाडी तोडफोड


    शुक्रबार, बैशाख ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। तनहुँमा रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।

    तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

    गाडी तोडफोड भएबारे आज बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो। सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको टोली घटनास्थल पुगेको थियो।

    इन्सपेक्टर वि.कका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका हुन्। गाडिको साइडसाइडका सिसा फुटेको उनले जानकारी दिए।

    तोडफोड गर्ने अज्ञात समूहको खोजी जारी रहेको र उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार