Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेशस सरकारमा सहभागी काँग्रेसका नवनियुक्त चार मन्त्रीले लिए शपथ


    बिहिबार, बैशाख ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली काँग्रेसका नवनियुक्त चार मन्त्रीहरुले आज शपथ ग्रहण गरेका छन्।

    यस्तै कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । मुख्यन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका मन्त्री नियुक्त गरेका छन् ।

    कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी नियुक्त भएका छन् ।

    उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले बिहीबार उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

    यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।

    यसअघि बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन । कांग्रेस भित्रको विवादका कारण कांग्रेसको केन्द्रीय नेतृत्वको दबावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए ।

    यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले मन्त्रीमा दाबी गरिरहेका थिए ।

    तर मंगलवार कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेपछि विवाद भएर शपथ रोकिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार