काठमाडौँ। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको पद तथा गोप्यनीयताको शपथग्रहण आज हुने भएको छ।
बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो।
कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए।
बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend