Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिका पठाइदिन्छु भन्दै साढे ३ करोड ठगी गर्ने एक जना पक्राउ


    बुधबार, बैशाख ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा भक्तपुरका उज्जल खड्का रहेका छन् । उनले रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    उनीहरुबाट उक्त रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सोही अनुसार उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार