Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सांसद सुुब्बाले भनिन्- जग्गाको कित्ताकाट खोल्ने निर्णय सचयाइयोस्


    बुधबार, बैशाख ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय सुन्दा दुख लागेको बताएकी छन् ।

    आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।

    ‘कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमाल गर्न लागेका थिए । यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनका खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ’ सांसद सुब्बाले भनिन् ।

    उनले अगाडि भनेकी छन्, ‘निर्णय (जग्गाको कित्ताकाट खोल्ने) सच्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार