Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बैठक बिनानिष्कर्ष टुंगियो


    बुधबार, बैशाख ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सहरी विकास मन्त्रालयले आज बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठक केहीबेर बसेर टुंगिएको छ।

    बैठक बसे पनि निष्कर्षमा भने पुग्न नसकेपछि केही समयपछि फेरि बस्ने परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए।

    ‘केही समयअघि बसेको बैठकमा केही निचोडमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने योजना छ,’ उनले भने।

    विगत ११ दिनदेखि सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट काठमाडौं महानगरले फोहोर उठाएको छैन। सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने मेयर बालेन शाहले अडान लिएका छन्।

    सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ। फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ।

    रिसाइकल गर्न मिल्ने फोहोर कबाडीमा बेच्ने गरिएको छ। यस्तै केही मात्रामा जनावरका लागि चाराका रूपमा प्रयोग गर्न मिल्ने कुहिने फोहोर फार्महरूमा पठाइने र जैविक फोहोर नजिकै भएको खाल्डोमा पुर्ने गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार