Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २९ दिनपछि पदम लिम्बुको अन्त्येष्टि शनिबार, ९ गते शव यात्रा गरिने


    बुधबार, बैशाख ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि आगामी शनिबार गरिने भएको छ । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।

    कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा गम्भीर घाइते भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

    वैशाख ९ गते शव यात्रापछि मात्र अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।

    मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी-२ लालभित्तीमा पर्छ ।

    प्रदेश नं. १ पूनः नामकरण संयुक्त सङ्घर्ष समितिले पदमको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएको छ ।

    चैत ५ विराटनगरमा भएको प्रदर्शनका क्रममा टाउकोमा चोट लागेका लाजेहाङलाई चैत ९ गते बेहोस अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । चैत १० गते उनको मृत्यु भएको थियो ।

    पहिचान पक्षधरको माग अनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । ४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार