विराटनगर। प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि आगामी शनिबार गरिने भएको छ । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।
कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा गम्भीर घाइते भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।
वैशाख ९ गते शव यात्रापछि मात्र अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।
मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी-२ लालभित्तीमा पर्छ ।
प्रदेश नं. १ पूनः नामकरण संयुक्त सङ्घर्ष समितिले पदमको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएको छ ।
चैत ५ विराटनगरमा भएको प्रदर्शनका क्रममा टाउकोमा चोट लागेका लाजेहाङलाई चैत ९ गते बेहोस अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । चैत १० गते उनको मृत्यु भएको थियो ।
पहिचान पक्षधरको माग अनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । ४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend