Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, ६ विकेटले मलेसिया पराजित


    मंगलबार, बैशाख ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले फराकिलो जित निकालेको छ।

    आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ८२ बलअगावै ६ विकेटले पराजित गरेको हो ।

    नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय प्राप्त गरे।

    मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७० तथा सार्कीले ५ चौकाको मद्दतमा ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।

    उनीहरूका अलावा कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेल ३८ रनको पारी खेले ।

    ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

    कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो ।

    मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले ।

    मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।

    नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

    १० टीम सहभागी प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ‘ए’ मा नेपाल, मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।

    उक्त प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार