काठमाडाैं। एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले फराकिलो जित निकालेको छ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ८२ बलअगावै ६ विकेटले पराजित गरेको हो ।
नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय प्राप्त गरे।
मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७० तथा सार्कीले ५ चौकाको मद्दतमा ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।
उनीहरूका अलावा कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेल ३८ रनको पारी खेले ।
ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले ।
मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।
१० टीम सहभागी प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ‘ए’ मा नेपाल, मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।
उक्त प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend