Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने, कांग्रेसका भट्टराईलाई भोट माग्ने


    मंगलबार, बैशाख ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ जाँदै छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ जाने भएका हुन्।

    आगामी १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार