Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज दिउँसो बस्ने राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


    मंगलबार, बैशाख ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

    बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

    महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन् । ‘…सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्युले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यहरुका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार