चितवन। घरको छतबाट खसेर गम्भीर घाइते भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
अस्पताल स्रोतका अनुसार शंकास्पद रूपमा घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेका थापाको तत्काल शल्यक्रिया गरिए पनि उनको अझै होस् भने खुलेको छैन।
भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ। सोमबार उनी रविसँगै बस्दै आएको भरतपुरको घरको तेस्रो तलाबाट खसेका थिए।
घटनाको क्लोज सर्किट क्यामरामा उनी खस्दै गरेको अस्पष्ट र अपुरो फुटेज फेला परेको छ। उनी पार्टीका महामन्त्री मुकुल ढकालको चालकसँगै सुतेकाले प्रहरीले उनलाई नियन्त्रणमा लिइ बयान लिएर छाडेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले घाइतेको स्वास्थ्य अवस्था सोमबार जस्तो थियो उस्तै रहेको जानकारी दिए।
‘चिकित्सकबाट स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी आएको छ। सोमबार जस्तो थियो आज पनि उस्तै छ,’ उनले भने।
अनुसन्धानको पाटोमा सँगै सुतेका भनिएका अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछपछि आवश्यक परेको बेलामा उपस्थित गराउने गरि व्यक्तिगत जमानीमा छाडेको र अनुसन्धान जारी रहेको कार्कीले जानकारी दिए।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend