काठमाडौं। लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका यही वैशाख १८ गतेदेखि पुन: नियमित सञ्चालनमा आउने भएको छ। नेपाली पक्षले निरन्तर उठाउँदै आएको नाका खोल्ने प्रस्तावप्रति चिनियाँ पक्ष पनि सहमत भएपछि वैशाख १८ गतेदेखि नाका खुल्ने भएको हो।
नेपाल र चीनका अधिकारीबीच आज (सोबार) बिहान भएको वार्तामा ६ बुदेँ सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
२०७२ सालको विनाशकारी भुकम्पपछि तातोपानी नाका बन्द रहेको थियो। नाका खोल्ने विषयमा पटक–पटक वार्ता भए पनि चिनियाँ पक्ष सकारात्मक नहुँदा नाका बन्द नै थियो।
मंगलबार बिहान नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा नाका खोलेर निकासी–पैठारी गर्नेहित ६ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनाए।
उक्त भएको वार्तामा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख सहभागी थिए भने चीनियाँ पक्षबाट चीनको न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायत निकायका अधिकारीहरु सहभागी थिए।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend