Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • थप १०४ जनामा कोरोना, एक जनाको मृत्यु


    सोमबार, बैशाख ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार ६३२ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो ।

    जसमा ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    योसँग कोरोनाको संक्रिय संक्रमको संख्या ३७९ जना पुगेको छ । आज ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार