काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवन-२ वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकरिझ्याइँको राजनीति गर्नेलाई नभई अहिलेको प्रणालीमार्फत् देशका समस्याको समाधान गर्ने व्यक्तिले जित्नुपर्ने दाबी गरेका छन्।
चितवन-२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी प्रचारका लागि चितवन पुगेका महामन्त्री थापाले सोमबार कालिकामा आयोजित कोणसभामा सम्बोधन गर्दै चितवन-२ को मतपरिणामले राष्ट्रिय राजनीतिको अहिलेको समिकरणमा कुनै असर नपार्ने भए पनि त्यसले एउटा सन्देश भने दिने बताए।
देशको अवस्था ठिक छैन, बिरामी छ। यसलाई निको बनाएर अघि बढ्ने हो त्यसका लागि प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्ने हो, मद्दत गर्नुपर्ने ठाउँमा मद्दत गर्ने हो,’ थापाले भने,‘तर लोकरिझ्याइँको राजनीतिबाट प्रभावित भएर सिंगो प्रणालीमाथि र हामीले गरेको परिवर्तनमाथि प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनु पर्छ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend